कावासोती ,जेठ १९। कावासोती ३ मा रहेको सेन्ट जोसेफ बोर्डिङ स्कुलले विद्यार्थीको जेठ महिनाको सम्पुर्ण शुल्क मिनाहाको घोषणा गरेको छ।
कोरोना महामारीको समयमा सम्पूर्ण व्यापार व्यबसाय बन्द हुदा अभिभावकलाई पनि मार परेको महसुस गरि अनलाइन क्लास संचालन गरिएको भएपनि संचालक समितिले शुल्क नलिने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक कमल चापागाईंले बताए।
कोरोना महामारी सुरु भएदेखीनै धेरै सामाजिक र उदाहरणिय काम गर्दै आएको सेन्ट जोसेपले पछिल्लो पटक यो निर्णय गरेको हो।विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिदै आवश्यकता अनुसार विद्यार्थी शिक्षक र अभिभावकलाई सहज हुने निर्णय हरु गर्दै आइरहेको छ।
महामारीमा अभिभावकलाई राहत: सेन्ट जोसेफ बोर्डिङले गर्यो जेठ महिनाको शुल्क छुट