उत्तमकुमार थापा, बझाङ । प्रमुख जिल्ला अधिकारीले विरामीलाई निशुल्क खाना खुवाएका छन । बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले आफ्ना बुवाकाे श्राद्दको दिनमा जिल्ला अस्पताल बझाङमा रहेका विरामीहरुलाइ खाना खुवाएका हुन । विभिन्न स्थानीय तहबाट जिल्ला अस्पतालमा उपचार गराईरहेका काेभिड विरामी र अन्य सबै विरामीलाई निशुल्क खाना खुवाएकाे जिल्ला अस्पताल बझाङ प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए । खाना बाढ्दै प्रमुख जिल्ला अधिकारीले आफ्नो बुवाकाे स्मृतिमा सानाे सहयाेग गरेकाे बताए । प्रमुख जिल्ला अधिकारीले आफै जिल्ला अस्पतालमा पुगेर बुवा उमानाथ अधिकारीकाे स्मृतिमा निशुल्क भोजन गराएका हुन।
बुबाको स्मृतिमा प्रमुख जिल्ला अधिकारिद्वारा बिरामिलाइ भोजन