१० जेष्ठ २०७८ नवलपुर ,कावसोती । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा नवलपुरले नबराज बिक संगै मारिएका ६ जना युवाहरुको सामाजिक संजालमा फोटो अपलोड गरेर न्यायको लागि दबाव दिने भएको छ । ठिक एक वर्ष अगाडि जेठ-१० गते पश्चिम रुकुमको चौरजहारीमा मृतक नवराज बिक र उनका साथिहरु गणेश बुढा मगर, लोकेन्द्र सुनार,टिकाराम सुनार, सन्दिप बिक र गोबिन्द शाही लाई गाउँनै मिलेर निर्मम हत्या गरि भेरी नदिमा फ्याकिएको थियो । ती मृतकका घर परिवारले अहिले सम्म न्याय पाएको छैनन । मृतक नबराज बिक र सुस्मा मल्ल बिचको प्रेम सम्बन्धलाई अन्तर जातिय सम्बन्ध रहेको र यो घर परिवार समाज कसैलाइ पनि स्वीकार नभएको भन्दै नबराज बिक सहित ६ जना लाई मारिएको थियो । मृतक परिवारलाई न्यायका निम्ति जेठ १० गते साँझ ठिक ०७ बजे सम्पुर्ण न्याय प्रेमी मित्रहरुलाई दिप प्रज्वलन गरि न्याय खोज्ने तथा फेसबुकमा फोटो राखेर दबाब दिन अनुरोध गरेको छ ।
नेपाल दलित पत्रकार संघ नवलपुरले सांकेतिक बिरोध पर्दर्शन गर्दै