दोरेन्द्र खड्का, बझाङ । शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै बझाङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेबिसंघ बझाङ का नेता तथा कार्यकर्ताहरूले असंवैधानिक कदमको विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । आइतबार बझाङ को सदमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा नेबिसंघ बझाङ का सभापति दिपक भणडारि को नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन भएको हो । राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै मनोमानी रुपमा अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको निबिसंघ का सभापति भण्डारी बताउनुभयो ।
बझाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन