१६ भदौ, नवलपुर । आज मंगलबार देबचुलीका थप ५ जना र बिनयी त्रिबेणीका २ जना गरी ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै आज मात्रै नवलपुरका १० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि देबचुलीको दलदले र केउरेनीका ३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार पोखराको प्रयोगशालामा परिक्षण भएको रिपोर्टमा देबचुलीका थप ५ जना र बिनयी त्रिबेणीका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । देबचुलीमा थपिएका ५ जनामा देबचुली १३ दलदलेकै २ जना र देबचुली १६ रजहरका ३ जना छन् भने बिनयी त्रिबेणी–१ का २ जना छन् । आज थपिएकामध्ये ३ जना १५ बर्षमुनिका बालिका छन् । देबचुली १३ की १४ बर्षकी, देबचुली १६ की ६ बर्षकी र बिनयी त्रिबेणी १ की ११ बर्षकी बालिकामा संक्रमण पुष्टि भएको छ । यस्तै, देबचुली १३ लदलदेका २९ बर्षका पुरुष र बिनयी त्रिबेणी १ का २६ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै देबचुली १६ रजहरका ५५ र २७ बर्षका २ जना महिलामा संक्रमण पुष्टि भएको छ । सबै पोजेटिभ पुष्टि भएकाहरु कन्ट्याक ट्रेसिङका भएको जनाईएको छ । योसँगै नवलपुरमा संक्रमणमुक्त हुनेको संख्या ३ सय ४१ पुगेको छ । थप ३ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । अव नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ ।
नवलपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि