उमेश बि.क /नवलपरासी ,२९ साउन नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ का विभिन्न टाेलमा राेग प्रतिराेधात्मक क्षमता बृद्धि गर्ने हाेमियाे प्याथिक औषधि निशुल्क बितरण कार्य सुरु गरिएको छ । मारवाडी सेवा समिति काठमाडौंकाे साैजन्य तथा सरावल गाउँपालिका वडा नं. २ काे आयाेजनामा वडा नं. २ का कार्यबाहक अध्यक्ष बिजय गुप्ताकाे अध्यक्षतामा "आर्सेनिक अल्वम ३० सी " नामक होमियोप्याथी औषधि वितरण सुरु गरिएको सरावल गाउँकार्यपालिका सदस्य छिमा देवि रायले जानकारी दिइन । वडा नं. २ का कार्यबाहक अध्यक्ष बिजय गुप्ताले स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नकाे लागि बितरण गरिएकी जानकारी दिए। औषधि बितरण गर्दै कार्यबाहक अध्यक्ष गुप्ताले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि साबुनपानीले हात धुने,सेनिटाइजरकाे प्रयाेग गर्ने ,मास्क लगाउने ,समाजिक दुरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जागरुक गराएका थिए ।
सरावल २ मा राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण