देवचुली,
बालबालिका भित्र लुकेर बसेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्ने अभिभावकको महत्वपूर्ण भूमिका रहने कार्यक्रममा सहभागी किशोरकिशोरीले बताएका छन् । आइतबार र सोमबार संचालन भएको नेतृत्व विकास तालिममा बालबालिका तथा किशोरकिशोरीले सो कुरा बताएका हुन् । देवचुली नगरपालिका वडा नं २ को आर्थिक सहयोग र आभानी मिडिया प्रा.लि १०३.८ ह्याप्पी एफ।एमको सहजर्कतामा किशोरकिशोरी नेतृत्व विकास तालिममा सहभागी किशोरकिशोरीले यस्तो बताएका हुन् ।
तालिममा सहभागी जागृति बाल तथा युवा सरोकार नेपालकी किशोरी अभियान्ता रितिका पोख्रेलले किशोरकिशोरीले अभिभावकले आफ्ना छोराछोरीको ईच्छा बुझेर मात्र अगाडि बढ्न दिनुपर्ने बताएकी छिन् । उनले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनस्थिति बुझेर मात्र उसलाई आफ्नो लक्ष्यमा पुग्न साहायता गर्नुपर्ने बताएकी थिइन् ।
यसैगरि तालिममा उपस्थित पुनर्वास बालक्लबका उपाध्यक्ष सुवास अधिकारीले बालबालिकाको प्रतिभालाई पहिचान गर्ने सबैभन्दा बढि हकअधिकार अभिभावकको रहने हुँदा सम्पूर्ण अभिभावकले पनि बालबालिकाको प्रतिभालाई प्रस्पोटन गर्न दिनुपर्ने बताएका थिए । तालिममा किशोरकिशोरीले बालबालिकाको लुकेको कुरालाई अभिभावकले साथ र सहयोग गरे भविष्यमा समाज, टोल र देशलाई गर्व लाग्ने काम गर्न सक्ने बताएका थिए । अभिभावकको साथ रहे बालबालिकामा हौसला र प्रेणा मिल्ने बताएका थिए । तालिममा उपस्थित किशोरकिशोरीदे वडा कार्यालय पनि बालबालिकाको अभिभावक रहेकाले बालबालिकाको चौतर्फी विकासका लागि सधैव लाग्न अनुरोध गरेका थिए । उनीहरूले अब आउने पुस्ताका बालबालिकाहरूलाई पनि नेतृत्व विकास तालिम संचालन गरि अगाडि गएर निधर्कका साथ बोल्न सक्ने बनाउन आग्रह गरेका थिए ।
यसैगरि कार्यक्रममा देवचुली नगरपालिका वडा नं २ का वडाध्यक्ष माधव केसीले देवचुलीका अन्य वडा भन्दा २ नं वडा पिछडिएको वडा भएकाले धेरै बालबालिका आफ्ना अधिकारबाट बन्चित रहेकाले यस नेतृत्व विकास तालिमले यहाँका बालबालिकाहरूमा बोल्ने बानीको विकास, आफ्ना समस्यालाई अगाडि गएर राख्न सक्ने क्षमता बृद्वि भएको बताउनुभएको थियो ।उहाँले आगामी दिनमा बालबालिकाका क्षेत्रमा लगानी गर्ने बताउनुभएको थियो । केसीले वडामा खेलकुद मैदान निर्माण गर्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा बालबालिकाको क्षेत्रमा आँफूले सक्दो काम गर्ने बताउनुभएको थियो । तालिम दुईदिन सम्म संचालन भएको थियो । ह्याप्पी एफ।एमका स्टेशन म्यानेजर आदर्श सुशिलले प्रशिक्षण गर्नुभएको थियो ।