१९ बैशाख, बाँके । दाङको तुलसीपुर उपमहानगरपालिकामा शनिबार मृत अवस्थामा भेटिएका तीन बालकको पहिचान खुलेको छ । कार भित्र फेला परेका ३ बालकको शव पहिचान भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ मा पार्किङ गरि राखिएको भारतीय नम्बर: आरजे ०१ सीसी ०८८५ नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ ।
मृत भेटिएका बालकहरु तुलसीपुर तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तीनैजना बालक वैशाख १६ गतेदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेको थियो । शनिबार बेलुकी लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए । प्रहरी अनुसार अनुसन्धानका लागि गाडी मालिक यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
उक्त भारतीय गाडी चैतमा नै गैरेले ल्याएको खुलेको छ । इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको छ ।