१९ बैशाख, बाँके । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न नेपालका विभिन्न जिल्लाहरुमा सरकारले निषेधका जारी गरेको छ । यस अवधिमा अत्यावश्यक कामका बाहेक सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन ।
काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा आज आइतबार देखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जनाएको हो । गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबार देखि लागू हुनेछ । बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।
मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।