देवचुली,
देवचुली नगरपालिकाका ३ सहित नवलपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा नवलपुरको देवचुली, कावासोती र मध्यविन्दुका गरि १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । संक्रमति मध्य देवचुली नगरपालिका वडा नं १३ का ४५ बर्षीय १ पुरुष, वडा नं ७ का २६ बर्षीय महिला र ७ कै ५९ बर्षीय १ पुरुष रहेका छन् । यसैगरि कावासोती नगरपालिका वडा नं २ का ६४ बर्षीय १ पुरुष, वडा नं ५ का ३२ बर्षीय १ पुरुष, वडा नं ८ का २९ बर्षीय महिला, ३०, ३४, ३४ बर्षीय पुरुष, वडा नं १२ का ४० बर्षीय १ पुरुष, वडा नं १४ २१ बर्षीय १ महिला, वडा नं १६ का २६ बर्षीय महिला, मध्यविन्दु नगरपालिका वडा नं १० को २१ बर्षीय १ महिला, वडा नं १२ का ६१ बर्षीय १ पुरुष र वडा नं १४ का २३ बर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । संक्रमित सबैलाई आइसोलेसनमा राख्ने व्यवस्था भईरहेको जनाइएको छ ।