धनी राम कोरी,कपिलवस्तु (महाराजगन्ज )-तपाईंको माक्स खौइ ? अभियान इलाका प्रहरी कार्यालय महाराजगन्जले अभियान लाई निरन्तर रुपमा संचालन गरेको छ ।
कोभिड १९ बाट बच्नको लागि माक्सको अनिवार्य प्रयोग , सामाजिक दुरी कायम र साबुन पानीले नियमित रुपम हात धुनु पर्छ । आवश्यक काम पारेमा मात्र घरबाट बहिरा निस्कनको लागि इलाका प्रहरी कार्यालय महाराजगन्जले अनुरोध गरेको छ ।

चोक चोकमा प्रहरीले प्लेकार्ड लिएर बाटो तपाईंको माक्स खोइ ? भन्दै सर्वसाधारण व्यक्तिहरुलाई कोभिड १९ को बारे जानकारी गराउदै माक्स अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ भन्ने बारे प्रहरीले जनचेतना जगाउने काम गर्दै आएको छ ।



