नवलपरासी । पश्चिम नवलपरासी जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुनवलको संयुक्त आयोजनामा सुनवल चोक स्थित सडक खण्डमा तपाँईको माक्स खै ? कार्यक्रम अन्तरगत पुर्व पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधनहरुका चालक तथा यात्रु हरुलाई माक्स तथा सेनेटाईजर चेकजाँच गरी प्रयोग नगरेका चालक तथा यात्रुहरु लाई माक्स र सेनेटाईजर बितरण गरीएको छ ।
कोभिड १९ को प्रकोप नसकिएको र बजारमा मानिसहरुले माक्सको प्रयोग नगरि हिड्न थालेपछि प्रहरीले आज “तपाईको माक्स खै ” भन्ने भने अभियान चलाएको ईल्लाका प्रहरी कार्यलय सुनवलका प्रहरी निरिक्षक कृष्ण बहादुर धिताल बताए ।
गृह मन्त्रालयले पनि घरबाट निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नको लागि देशभरका सबै जिल्लामा पत्रचार गरिसकेको अवस्थामा उक्त विषयलाई थप जनचेतना जगाउनको लागि कार्यक्रमको आयोजना गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यलय प्रहरी निरिक्षक दिपेश बस्यालको भनाई रहेको छ ।
कोरोनाको दोस्रो लहरको रुपमा फैलन थालेको कोरोना भाइरसको नेपालमा पनि संक्रमण बढ्दै गएकाले यसबाट बच्नको लागि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि प्रहरीले आग्रह गरेको छन् ।