१५ बैशाख, बाँके । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीब्र रुपले बढी गरेको छ ।
गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शय्या, औषधि र अक्सिजनको चर्को अभाव देखिएको छ ।ठूलो चापका कारण मृतकहरूको अन्तिम संस्कार गर्न पनि शोकाकुल परिवारले पालो कुर्नुपरेको दयनीय अवस्था रहेको बिबिसीले जनाएको छ ।
दिल्लीका मसानघाटमा आफूले त्यस्तो स्थिति पहिला कहिल्यै नदेखेको भुक्तभोगीहरू बताउँछन् ।