देवचुली,
देवचुली नगरपालिकाका शैक्षिक संस्थाहरु बैशाख १९ गते सम्मका लागि बन्द गरिने निर्णय गरेको छ । छिमेकी पालिकाका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि देवचुलीमा पनि यसको सतकर्ता अपनाउनका लागि नगरपालिकाका विद्यालयहरु बैशाख १९ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले ह्याप्पी टाइम्सलाई जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई बैशाख १९ गते सम्म बार्षिक परिक्षाको तयारी बिदाका लागि भनी विद्यालय बन्द गरिएको बताउनुभयो । १९ गते पश्चात स्थिती हेरेर मात्र परिक्षा संचालन गरिने जानकारी गराउँदै तत्कालका लागि विद्यालय, कलेज, ट्युसन सेन्टर बन्द गरि घरमा नै बसी भर्चुअल र बैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न अनुरोध गरिएको छ । यसैगरि नगरपालिकाले सोमबार जारी गरेको सुचना अनुसार सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समिक्षा, बैठक, तालिम जस्ता क्रियाकलाप २५ जना भन्दा बढि नराखि संचालन गर्ने साथै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र मठ मन्दिर, चर्च , मस्जिद लगाएतका धार्मिक स्थलमा नित्य पुजा आजा बाहेकका अन्य कार्यक्रम गर्न नपाईने । यसैगरि भारत, विदेश लगायतबाट नेपाल आएकाहरुलाई पि.सी.आर.रिपोर्ट नेगेटिभ आएपनि अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।
पछिल्लो केही दिनयता नवलपुर जिल्लामा कोरोना संक्रमण फैलिएपछि धमाधम विद्यालय बन्द गरिएको छ ।