पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका विद्यालय पनि बन्द गर्ने विषयमा छलफल गर्न नगर शिक्षा समितिक बैठक विहान १० बजे बस्ने भएको छ। बैठक पूर्व ह्याप्पी टाइम्ससँग कुराकानी गर्दै नगर शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले देवचुली नगरपालिकाका विद्यालय भोलीबाट आगामी बैशाख १९ गतेसम्म बन्द गर्ने निर्णय गरिने बताउनुभयो। उहाँले हालका लागि विद्यार्थीलाई परीक्षा तयारी बिदा भनी विद्यालय बन्द गरिने बताउनुभयो। केही दिन पछाडीको अवस्था हेरि तत्काल निर्णय पनि गरिने उहाँले बताउनुभयो। सरकारले सबैखाले परीक्षा स्थगित गर्ने निर्णय गरे पनि नगरपालिकाले परिक्षा तयारी बिदा दिन लागेको हो। छिमेकी पालिकाका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछी देवचुलीका अभिभावक पनि शसंकित बनेका छन् ।
देवचुली शिक्षा शाखाको बैठक केहिबेरमा बस्ने, परीक्षा तयारीका नाममा विद्यालय बन्द गरिने