१२ बैशाख, बाँके । कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सुचना मार्फत अस्पतालको सेवा बन्द भएको जानकारी दिएको छ ।
आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका उक्त सुचनामा बताइएको छ । अस्पतालका कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको अस्पतालको स्रोतले जनाएको छ ।
अस्पताल आज देखि वैशाख १८ गते सम्म इमरजेन्सी बाहेक सेवा बन्द भएको सुचनामा बताइएको छ ।