रुपन्देही । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १ जना महिला र १५ जना पुरुष रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको निजी प्रयोगशाला (नेशनल प्याथ ल्याब) मा गरिएको परिक्षणमा शुक्रबार रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका हुन् ।
आइतबार थपिएका संक्रमितहरुमा सिद्धार्थनगर नगरपालिकाका २, बुटवल उपमहानगरपालिकाका ४, सैनामैनामा ९ र तिलोत्तमा नगरपालिकाका १ जना रहेका छन् ।
आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ९७६ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये ३८२ जना संक्रमण मुक्त भएका छन् भने ५८६ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।