होटलभित्र अनैतिक कार्य गर्दै आएको स्थानीयको आरोप
१० बैशाख, सिरहा । सिरहा जिल्लाको मुख्य बजार मानिने गोलबजार स्थित ग्रीन ल्यायण्ड होटेल एण्ड लजबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारले गत बैशाख १ गते नै नियमित चेकजाँचको क्रममा चेकजाँज गर्न जाँदा ग्रीणल्याण्ड होटलका कर्मचारीले दुरव्यवहार गरेपछि दुई जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी ईन्चार्ज (ईन्सपेक्टर) सँतोष कुमार राईका अनुसार प्रहरीले आफ्नो डयुटि गरिरहँदा होटलका दुई कर्मचारीले प्रहरी उपर दुरव्यवहार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो । नयाँ बर्षकै राती करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र गोलबजारको सँयुक्त टोलीले छापा हानेको थियो ।
सो क्रममा होटलका स्टाफले प्रहरीसँग दुरव्यवहार गरेको तथा डयुटि गर्नबाट रोक्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । सोही क्रममा नाम नखोल्ने शर्तमा स्थानीय एक व्यावसायीले होटलभित्र अनैतिक कार्यहरु गर्दै आएको बेलामा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।
यता इन्सपेक्टर राईले भने प्रहरी उपर दुरव्यवहार गरेको कारण पक्राउ गरेको बताएका छन् । होटलभित्र यौन क्रियाकलाप चलाउँदै आएको स्थानीय व्यावसायीहरुले जनाएका छन् । होटलको नाममा भित्र लज पनि राखेर यस्ता कार्यहरु गर्दै आएको गोप्य श्रोतबाट जानकारी प्राप्त भएको छ ।
यस सन्दर्भमा होटल संचालक जिवछ साहले फोन सम्पर्कमा केही भन्न नसक्ने प्रतिक्रिया दिएका छन् ।