सेती महाकाली प्रवास सेवा समिती भारतको केन्द्रिय सदस्यमा बझाङका दिनेश रावल मनोनीत हुनुभएको छ। लामो समय देखि भारतको तमिलनाडु राज्यको ईरोडमा बस्दै आउनुभएका रावल यातायात ब्यवसायमा आवद्ध हुनुहुन्छ। बझाङ जिल्लाको केदार स्युँ गाउँपालिका २ मा जन्मिनुभएका उहाँले भारतमा रहेका नेपालीहरुलाई दु:ख पर्दा सधैं साथ सहयोग गर्दै आउनुभएको छ। आफ्नो जीवनमा थाइल्यान्ड र सिंगापुरको समेत भ्रमण गर्नुभएको रावल विगत १० बर्षदेखि भारतमा रोजगारीको सिलसिलामा हुनुहुन्छ। त्यो भन्दा पहिला मलेशियामा कृषि क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो। सेती महाकाली प्रवास सेवा समिती मार्फत भारतमा दु:ख पाएका नेपालीको लागि काम गर्ने रावलले बताउनुभयो। तामिलनाडु राज्यमा नेपाली समाजद्वारा आयोजना गरिने विभिन्न खेल प्रतियोगिता, मेला, कार्यक्रमहरुमा उहाँको सक्रिय सहभागिता हुने गर्दछ।
सेती महाकाली प्रवास सेवा समिती भारतको केन्द्रिय सदस्यमा रावल मनोनीत