इमरान खान , कपिलवस्तु। पछिल्लो समयमा दिनानुदिन बढिरहेको दोस्रो चरणको कोरोना भाइरस (Covide 19) कहरलाई मध्यनजर गरी नेपाल सरकारको कोरोना नियन्त्रण सम्बन्धी मन्त्रिस्तरीय निर्णय र आवश्यक सुरक्षा सतर्कताका नियमहरुको बारेमा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रत्यक्ष रुपमा जिल्लाको विभिन्न चोक-चोकमा गई जनचेतना मूलक सचेतना सहित हामिले त मास्क लगायौँ तपाईँको मास्क खोई ? अभियान सम्पन्न गरियो । साथै उक्त कार्यक्रममा करिब एक हजार थान सर्वसाधारणलाई मास्क समेत वितरण गरियो ।
'तपाईँको मास्क खै ?' अभियान तौलिहवामा सम्पन्न