बाँके– कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ। आज मध्यराति १२ बजेबाट लागु हुनेगरी नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो।
बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडी बाहेक बैंक तथा वित्तीय संस्था सहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ ।
लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएम लगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ ।
लकडाउन उल्लङ्घन गर्नेहरु लाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि गेलालले बताउनुभएको छ ।