बैशाख ६, (गोविन्द नेपाली- कावासोती ) । नवलपुरको मध्यबिन्दु ९ निवासी दिपक बिस्वकर्मालाई दलित जातिको नाममा दुर्व्यवहार गरेको भन्दै स्थानियले एक स्थानीयलाई कालो मोसो र जुत्ताको माला लगाएका छन। हिजो मध्यबिन्दु ९ बसन्तपुर बस्ने बिष्णु भण्डारीलाई स्थानिय गाउले उठेर कालो मोसो र जुत्ताको माला सहित टोल घुमाएका हुन । गाउँमा पटक पटक दलित समुदाय माथी विभेद र अपमान गर्दै आएको आरोपमा भन्डारी लाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएको स्थानियले बताएका छ्न । पछिल्लो पटक भन्डारीले नयाँ बर्षको अवसरमा युवा कल्बद्वारा आयोजित बनभोज कार्यक्रममा बिस्वकर्मा माथी दुर्व्यवहार गरेको बताइएको छ। सामुहिक बनभोज कार्यक्रममा भन्डारीले ' यो दलित कामी लाई किन बोलाएको ? यस्ले छोएको खान हुँदैन । म खान्न' जस्ता अभिव्यक्ति दिदै सार्वजनिक स्थानमा अपमान गरेको बताएको छ । यस्ता घटना दोहोरिए अब दलित समुदाय मौन नबस्ने दलित अधिकारकर्मीले बताए । र भण्डारीले स्थानीय माथी कथित दलित जातिको नाममा बिभेद अपमान र दुव्र्यवहार गरेको यो पहिलो घटना नभएको स्थानिय अनिता विकले जानकारी दिइन ।
दलित समुदायमाथी दुर्व्यवहार गरेको भन्दै मध्यविन्दुमा एकजनालाइ कालोमोसो र जुत्ताको माला