तिलोत्तमा -पशुपति कलेज तिलोत्तमा–१६, कोटिहवाको सञ्चालक समिति अध्यक्षमा तामबहादुर राना निर्वाचित हुनु भएको छ । राजनीतिक रुपमा दुई प्यानलबीच भएको प्रतिष्पर्धामा काँग्रेस निकट अर्चित श्रेष्ठलाई ३७ मतले हराउँदै केपि शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट राना अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहांले १२९ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले ९२ मत ल्याउनुभयो । एकजना सदस्य बाहेक राना नेतृत्वकै पुरै प्यानल विजयी भएको छ ।
उपाध्यक्षमा लिला बल्लभ गैरे १३९ मत ल्याइ विजयी हुनुभएको छ् । त्यसैगरी सदस्यहरुमा गोमा गैरे, देवानन्द पाण्डे, भीमलाल बस्याल, पूर्णभद्र बस्याल, भूपति न्यौपाने र अर्का सदस्यमा काँग्रेस निकट शेरबहादुर थापा निर्वाचित हुनुभएको छ ।