बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताउनुभएको छ ।
केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उहाले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी लाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेशमा राजनीति विधि र विधान भित्र बसेर हुने भएकोले छिट्टै निकास निस्कने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताउनुभएको छ ।