इमरान खान , कपिलवस्तु : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका वसन्त गिरी निर्वाचित हुनुभएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट गिरी अत्यधिक मतसहित निर्वाचित हुनुभएको हो । उहाँले ओली निकट प्रेस चौतारीका भरत केसीलाई फराकिलो मत अन्तरमा हराउनुभएको छ । उहाँलाई प्रदेशका अधिकांस जिल्लाबाट धेरै मत आएको थियो । अन्य पदाधिकारी र सदस्यमा पनि गिरीकै प्यानलको वर्चस्व देखिएको छ । पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका गिरीले दशक बढी समय देखि पत्रकारितामा ब्यतित गरिसक्नुभएको छ । श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने पत्रकारिताको नीति, सिद्धान्त र मर्यादालाई नभुल्ने नव निर्वाचित अध्यक्ष गिरीले बताउनुभयो । तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्षमा किरनमान बज्राचार्य निर्वाचित हुनुभएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बसन्त गिरी