भदौ १३ , दमौली ,तनहुँ। रूपन्देही जिल्लाका विद्यार्थी नेता निराजन घिमिरेले आफ्नो जन्मोत्सवमा खर्चिने पैसामा केही रकम थप गरेर मृगौला बिरामी र आश्रमलाई आर्थिक सहयोग गरेका छन्। नेता घिमिरेले १ लाख २ हजार सहयोग गरेका हुन। घिमिरेले सुनसरी जिल्लाका तरूण दलका पूर्व अध्यक्ष दुवै मृगौला फेल भएका दुर्गा देवकोटा र मानवसेवा आश्रम बुटवललाई ५१/५१ हजारका दरले आर्थिक सहयोग गरेका हुन्। घिमिरेले मानव सेवा आश्रम बुटवलका लाल प्रसाद पंगनी(कृष्ण)लाई रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा सामाजिक अभियान्ता पंगनीले आश्रममा आश्रित वेसाहराहरुका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै जन्मदिनको शुभकामना गरेका थिए।यस्तो विषम परिस्थितिमा आश्रमलाई सहयोग गरी थप रहत मिलेको उनले बताए।विद्यार्थी नेता घिमिरेले जिल्लामा विभिन्न सामाजिक कामसमेत गर्दै आइरहेका छन्।
जन्मदिनमा मृगौला बिरामी र आश्रमलाई १ लाख बढी सहयोग