काठमाण्डौ – चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइने भएको छ ।
यो खोप चीनमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी, चीनमा पढ्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी लगायतका व्यापारी, प्राध्यापक लगायतलाई लगाउने तयारी छ ।
सरकारले काठमाण्डौ उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।