उर्मिला यादव यात्री
चैत २४
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको चार लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ४१ हजार ८ सय रुपैया मुल्य बराबरको पचास किलो प्याज , तन्ना चौबिस पिस, चिनी दुई सय किलो , अलैची ३५ किलो., सिरानीको खोल तिस पिस, साडी पाच पिस, पप्लीन कपडा साठी मिटर र कुर्ता २ पिस रामग्राम नगरपालिका वडा नम्बर ८ बाट बरामद गरेको हो ।
यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी तीन लाख ७७ हजार ४ सय रुपैया मुल्य बराबरको कार्पेट ११० मिटर र स्किन साइन क्रिम एक हजार दुई सय पिस सरावल गाँउपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।