नारायण भण्डारी ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ४ पचफेडामा ३ घरहरु जलेर पुर्ण नस्ट भएपछि इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीले ३ घर परिवारलाई घर छाउनका लागि ४० हजार बराबरको जस्ता पाता सहयोग गरेको इन्द्रेणी सामाजिक विकास मञ्चका लेखा अधिकृत रबिन्द्र सापकोटाले जानकारी दिनु भएको छ ।
सो ३ घरमा जस्ता पाता हस्तान्तरण गर्दै कार्यक्रम संयोजक सुर्य गैरेले इन्द्रेणी सधै सामाजिक कार्यमा संलग्न रहेको र भोलिका दिनमा समेत समुदाय लाई केन्द्रमा राखेर काम गर्ने बताउदै अहिलेको समय आगलागी हुने सम्भाबना धेरै हुनाले सजक हुनेपर्ने बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा न ४ क वडा अध्यक्ष जन्त्री वरइले इन्द्रेणी सामाजिक विकास मंचले प्रतापपुरमा समुदाय परिवर्तन गर्नका लागि खेलेको भुमिका अबिस्मरणिय रहेको उल्लेख गर्दै यसले स्वास्थ्य, बिपद,लगायत को क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनु भयो । कार्यक्रममा प्रहरी चौकी खैरटवाका प्रमुख धन बहादुर थापाले बिपद बाट सुरक्षित रहन सबै समयमै सजग रहनु पर्ने कुरा बताउनु भयो । इन्द्रेणीले प्रतापपुरमा स्वास्थ्य, सुरक्षित आप्रवसन, बिपद लागायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।