काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा १७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ५६५ जनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् । यो संगै हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् । हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् ।
हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ