२० चैत, बाँके । नेपाल सरकारले देशभरका मध्ये १२ वटा जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी सेवन अभियान सुरु भएको छ । 
सोही अनुरुप नेपालगन्ज उपमहानगरपालिकामा पनि राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम–२०७७ अन्तर्गत हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम शुरु भएको छ ।
बाँकेमा यो अभियान संचालन भएको यो ११ औं वर्ष हो ।
शुक्रवार बिहान नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरुले औषधी सेवन गरि कार्यक्रम शुरु गरेका छन ।
बाँकेमा साढे पाँच लाख व्यक्तिलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने लक्ष्य रहेको छ । जस मध्ये नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जनालाई खुवाईने छ ।
उक्त कार्यक्रम सफल पार्न जिल्ला भर ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम सेवक परिचालन गरिएको छ