देवचुली,
पुर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं १७ फारममा मेयर कप फुटबल प्रतियोगिता भइरहेको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना, फारम खेलकुद विकास समितिको सह–आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोगमा मेयर कप फुटबल प्रतियोगिता बरचुली मा.विको खेल मैदामा भइरहेको छ । 
(आज) बिहिबार तेस्रो दिनको खेल आयोजक देवचुली (निलों) र भानु एकता युवा क्लब (कावासोती) बिच आमनेसामने भएको थियो । जसमा भानु एकता युवा क्लब कावासोतीले ३–० गोल अन्तरले जित हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा भानु एकता युवा क्लबका आशिष महतोले २ गोल र मनिष थापाले १ गोल गरि टिमलाई जितमा परिणत गरेका थिए । यसैगरि आजको खेलमा सन्जिव मोक्तान “म्यान अफ दि म्याच” भएका थिए ।
(भोली) शुक्रबार गैडाकोट फुटबल क्लब र नमुना युथ क्लब बिच प्रतिशपर्धा हुनेछ । । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारी स्वरुप प्रतियोगिता आयोजना गरिएको नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारीले जानकारी दिनुभयो । बताएको छ । प्रतियोगिताको विजेता समूहलाई नगद रु १ लाख ५० हजार तथा उपविजेता समूहलाई नगद रु ७५ हजार साथै टफ्री, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरि प्रतियोगिताको सेमिफाइनल पुग्ने प्रत्येक टिमले २०र/२० हजार पाउनेछन् । प्रतियोगितामा १६ वटा टिमले प्रतिशपर्धा गर्नेछन्