काठमाण्डौ – न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको महिला तर्फको पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्ट्स क्लब लाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रतियोगिता अन्तर्गत अहिले पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब खेलिरहेका छन् ।