काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा विरगञ्ज युनाईटेड र चर्च ब्वाईज युनाईटेड बीच प्रतिस्पर्धा हुने छ ।
विरगंज र चर्च बीचको खेल १२ः३० बजे सुरु हुने छ । दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । महाबिर र झापाबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्