सचिन विश्वकर्मा कावासोती नवलपुर , चैत्र १५ । ३३ वर्ष माथी उमेर समुहका व्यक्तिलाइ लक्षित गरि आयोजना गरिएको फुटवल प्रतियोगिता को उपाधि वाइसघरेले हात पारेको छ । हरवासी ख र क वाइसघरे विच भएको फाइनल खेलमा १गाेलका विरुध ३ गोलले वाइसघरे टिमलले जित हात पारेको हो । जितका लागि वाईसघरे टिमको तर्फबाट सन्ताेष श्रेष्ठले २ गोल र राजेश श्रेष्ठ ले १ गोल जोडन सफल भएका हुन । भने पराजित हुने टिमबाट धुर्ब सुनार ले १ गोल जाेडन सफल भएकाे खेल संयोजक सन्दिप सुनारले बताएका छन । खेलमा सर्वाधिक गोलकर्ता , काे उपाधि हरबासी युवाका खेलाडी मधु सुदन घर्ती लाइ प्रदान गरिएको थियो। चैत्र १० गते देखी सुरु भएको खेल चैत्र १५ गते (आज) सम्पन भएको छ । खेलमा कावासोती वडा नं १६ र १४ का खेलाडिहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता खेलमा ६ टिमले मात्र उपस्थिति जनाएका हुन । खेलमा प्रथम भएको टिम वाइसघरेलाइ एउटा खसी ,मेडल सहिद टर्फी प्रदान गरिएको थियो भने दित्तीय हुने टिम हरवासीलाइ चार ओटा हास सहिद मेडल र टर्फी प्रदान गरिएको थियो ।
३३ वर्ष माथी उमेर समुहको फुटवल प्रतियोगिता सप्पन्न , उपाधि वाइसघरेलाइ