नन्दु यादव ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपपुर गाउपालिका वडा न ४पचफेडामा आगलागि भए पछि तत्काल वडा अध्यक्ष जन्त्री प्रसाद बरईले चामल ,दाल ,तराकारी ,त्रिपाल लिएर पचफेडामा पुगि आगलागि घरपरिवारलाई सहयोग गर्नु भएको छ ।
साथै आज वहाले सबेैेै घरपरिवार लाई लगाउने लत्ता कपडा समेत किनेर सहयाोग गर्ने बताउनु भएको छ । सामानहरु ग्रहण गर्दै राजकुमार राजभरले रुदै भने हाम्रो सहारा वडा अध्यक्ष ज्यु नै हो वहाँ नै हाम्रो अभिभावक हो वहामाथि हामी आश्रित छौ ।सामान बितरण गर्दै वडा अध्यक्ष जन्त्री प्रसाद बरईले तत्कालका लागि तरकारी, चामल ,त्रिपाल दाल लगायतका सामान उपलब्ध गरायका छौ र थप अब वडा कार्यालयबाट र गाउपालिकाबाट थप सहयोग गर्न कुनै पनि कसर बाकि नराख्ने बताउनु भयो ।घर निर्माणका लागि पनि वडाबाट र थप बजेट आफु गाउपालिकाबाट माग गर्ने पहल गर्ने बताउनु भयो ।कुनै चिन्ता लिनु पर्दैन म जनताको सेवक हु सेवा गर्ने मेरो धर्म हो म सधै हरेक क्षणमा सहयोग गर्ने प्रतिबद्ध छु वडा अध्यक्ष बरईले भन्नू भयो ।वडा अध्यक्ष बरईले आफ्नो वडा मा हुने हरेक घर परिवारको बिबाह कार्यक्रम ,काजक्रिया ,असहाय ब्यक्तिहरुलाई नगद र जिन्सि सहयोग गर्दै आएका छन ।