डडेल्धुरा - जातिय तथा अन्य छुवाछुत कसुर र सजाय कार्यान्वयनका चुनाैति विषयक अन्तरकृया कार्यक्रम आज ग्रामिण सुधार समितीकाे आयाेजनामा सम्पन्न भएकाे छ। उक्त संस्थाका अध्यक्ष भरत नेपालीकाे अध्यक्षयतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिती अमरगढी नगरपालिकाका मेयर विपिन ओझा रहनु भएकाे थियाे। कार्यक्रमकाे संञ्चालन काे भुमिका संस्थाका सचिव टेकराज पाण्डेयले गरेका थिए भने कार्यक्रममा अधिकारका क्षेत्रमा कार्यरथ समाजका प्रतिष्ठित व्यक्तिहरु समेत उपस्थित रहेको थियाे। कार्यक्रममा अधिबक्ता हरि प्रसाद भट्ट, विष्णु भट्ट, आरति जाेशीका साथै नेकपा एमाले नेता ईन्द्र महरा नेपाली काङ्ग्रेसका उपसभापति करुणाकर भट्ट लगायत पत्रकारहरु नागरिक समाजका अध्यक्ष रमेश जाेशि सहितकाे सहभागीता रहेकाे थियाे। कार्यक्रममा प्रमुख अथिति मेयर ओझाले सामाजिक कलंकका रुपमा रहेकाे जातिय विभेद अन्तका लागि सामुहिक प्रयत्न आवश्यक रहेकाे र गरिबी अभाव र बेराेजगारि वढी भएकाे ठाँउमा समेत विभेद वढि हुने गरेका थिए। विगतकाे तुलनामा केही सुधार भए पनि बिस्तारै हुदा जन्ताले अनुभूति गर्न नपाएकाे धारणा राख्नु भएकाे थियाे, यस्काे न्युनिकरणका लागि राजनितिक दल र सामाजिक अभियान्ताकाे भुमिका पनि महत्वपुर्ण रहने भएकाले राजनितिकर्मिले एक अर्कालाई आराेप प्रत्याराेप गर्नु भन्दापनि जन चेतनामुलक अभियान चलाउनु पर्ने धारणा व्यक्त गर्नु भएकाे थियाे।
गरिबी,अभाव र बेराेजगारि हुने ठाउँमा बिभेद बढी हुन्छ - मेयर ओझा