चैत्र ४,कावासोती।नवलपुरको कावासोतिमा रहेको समता मावीमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण कार्यक्रम आज सप्पन्न भएको छ।विद्यालयमा अध्यन गर्ने विद्यार्थी सहित करिव १४०० जनाको आँखा परिक्षण गरिएको हो।
मध्यविन्दु आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सिको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक महेश भुर्तेलले जानकारी दिएका छन।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गरि निशुल्क आँखा जाँच कार्यक्रममा सहयोग गरेको उपचार केन्द्रका संचालक प्रदीप भट्टराईले बताए।कार्यक्रममा विद्यालयका शिक्षकहरु,प्राविधिक ,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
समताका विद्यार्थीहरुको निशुल्क आंँखा परिक्षण