चैत्र ४, काठमाडौँ । नर्भिक अस्पतालले काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ ।बुधबार बिहान ७ बजे जारी गरिएको विज्ञप्तिमा हाल भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको अस्पतालले बताएको हो । जोशी गत फागुन १४ गते मष्तिष्क घात भइ उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । रासस
अस्पतालको विज्ञप्ति : जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ