काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
ओलीले सरकारी निवास बालुवाटारमा बिहान ११ बजे खनाल– नेपाल समूह सहित सबै केन्द्रीय सदस्य लाई चियापान कार्यक्रममा बोलाउनुभएको छ ।
मोबाइल एसएमएस मार्फत उहाँले निम्तो सहितको सन्देश पठाउनुभएको हो। तर चियापान कार्यक्रममा नजाने खनाल– नेपाल समूहले बताएको छ ।
खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।