कोभिड-१९ को महामारीमा नवलपुर जिल्लाको अस्थाई कोरोना अस्पतालका रुपमा सफल सेवा प्रदान गरेको रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज निर्वाचन हुँदैछ। नयाँ कार्यसमिती चयनमा सबै पदमा राजनितिक सहमती जुट्न नसकेपछी चिकित्सालयको दुई पदमा निर्वाचन हुने भएको हो। वरिष्ठ उपाध्यक्ष र सचिव पदका लागि दुई/दुई उम्मेद्वारी परेको छ। वरिष्ठ उपाध्यक्ष पदमा पेउ नारायण न्यौपाने (प्रेम) र कृष्णप्रसाद तिवारी (ऋषि) चुनाबी मैदानमा छन् । यसैगरी सचिव पदका लागि प्रदीपराज घिमिरे र टोपराज कोइराला एकआपसमा भिड्दैछन् । सामुदायिक प्राकृतिक चिकित्सालयको निर्वाचनमा कुल १ हजार ३१ मतदाता रहेका छन् । निर्वाचन कार्यक्रम बिहान ९ बजेबाट वडा नं १६ को कार्यालयमा सुरु हुने निर्वाचन समितिका सदस्य नारायणप्रसाद भण्डारीले ह्याप्पी टाइम्सलाई बताए।
सामुदायिक प्राकृतिक चिकित्सालय : वरिष्ठ उपाध्यक्ष र सचिव पदमा आज निर्वाचन हुँदै