१ चैत्र, चोरमारा। मध्यबिन्दु -७ स्थित नेपाल सशस्त्र प्रहरी बेस क्याम्प चोरमाराको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको बिच सरुवा भै जान लाग्नु भएका प्रहरी निरीक्षक सुधिर पाण्डेलाई बिदाई साथै सरुवा भै आउनु भएका प्रहरी निरीक्षक पुर्ण तामाङ्गलाई नगरप्रमुख चन्द्र बहादुर रानाले स्वागत गरेका छन ।
बेसका सुचना अधिकारीका अनुसार ६ महिना अघि सांगठनिक नियमित सरुवा भै आउनु भएका प्रहरी निरीक्षक सुधिर पाण्डे आफ्नो यहाँको कार्यकाल सकि नेपाल सशस्त्र प्रहरी गण्डकी प्रदेश मुख्यालयमा कार्यभार सम्हाल्न जान लाग्नुभएको हो भने बेस क्याम्प चोरमारामा सशस्त्र प्रहरी बल मनाङ्ग बेस क्याम्प बाट सरुवा भै यहाँ कार्यभार सम्हाल्न आउनुभएको हो। उक्त स्वागत तथा बिदाई कार्यक्रममा बन सबडिभिजन कार्यालय प्रमुख, दर्पण एफएम का अध्यक्ष भिमलाल अधिकारी, बिजय सामुदायिक बनका अध्यक्ष मधुबिलास अधिकारी, नवलपुर होटल व्यवसायी संघका महासचिव विशाल जङ्ग थापा क्षेत्री तथा मध्यबिन्दु नगर भित्र कृयाशिल सामाजिक संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।