बेट्टु रानाभाट ,कावासोती,फागुन २९। पोखराका अमृत तिवारिले आफ्नो जन्मदिनको अवसर पारेर अत्यन्तै सामाजिक र उदाहरणीय कार्य गरेका छन।आफ्नो २६ औ जन्मदिनको अवसरमा तिवारिले कावासोती नगरपालिका वडा नं १२ मा रहेको लक्ष्मिनारायण वृद्दाश्रममा खाद्यान्न तथा नगद सहयोग गरेका हुन।कावासोतिका विभिन्न सामाजिक अभियान्ता लगायतको उपस्थितिमा पुगेका उनले चामल,तेल,आटा फलफुल ,बिस्कुट लगायतका खाद्यान्न सामाग्री र रु १५०० बराबरको नगद सहयोग गरेका हुन।
आफ्नो जन्मदिन आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिन भएको र आफ्नो जिवनको सबैभन्दा विशेष दिनलाई उपलब्धिपुर्ण र महत्त्वपूर्ण बनाउन आफुले आफ्नो तर्फबाट सहयोग गरेको तिवारीले बताए।साथै तिवारिले आजनै अनावश्यक फजुल खर्च गर्नभन्दा जीवन धेरै महत्त्वपूर्ण भएको भन्दै ज्योती लाइफ इन्स्योरेन्समा जीवन बिमा गरेका छन।साथै उनले जीवन बिमा गरि सबैले बचत गर्ने बानी बसाल्नुका साथै जीवन सुरक्षा गर्न अनुरोध समेत गरेका छन।
जन्मदिनको अवसरमा पोखराका अमृतले गरे वृद्दाश्रममा सहयोग र बिमा