देवचुली, ग्याँस बिक्रेता व्यवसायि महासंघको सातौँ साधारण सभा एवम् चौंथो अधिवेशनबाट केन्द्रिय कार्यसमिति सदस्यमा देवचुलीका सन्तोष पौडेल र गैंडाकोटका रामचन्द्र कंडेल चयन भएका छन् । संघको काठमाडौँमा भएको सातौँ साधारण सभा एवम् चौंथो अधिवेशनबाट ग्याँस बिक्रेता व्यवसायी महासंघ गण्डकी प्रदेशका तीन जना मध्ये नवलपुर जिल्लाका दुईजना कार्यसमितिको सदस्यमा चयन भएका हुन् । देवचुलीका सन्तोष पौडेलको सदस्यमा यो तेस्रो कार्यकाल हो भने गैंडाकोटका रामचन्द्र कंडेलको प्रथम कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
ग्याँस बिक्रेता व्यवसायी महासंघ गण्डकीको सदस्यमा नवलपुरबाट पौडेल र कंडेल