सचिन विश्वकर्मा ,कावासोती,फाल्गुन१०। पछिल्लो समय बैदेशिक रोजगारबाट फर्केका युवाहरु व्यवसायिक रुपमा पशुपालनमा आर्कषित भएका छन । घर परिवार देखि टाढा भएर विदेशीनु भन्दा स्वदेशमा नै केही गर्छु भने उदेश्य राखेका युवाहरु पछिल्लो समय पशुपालन तर्फ आकर्षित भएका हुन। यसैविच पुर्वी नवलपरासीको कावासोती नगपालिका-६, नयागाउका ३ जना दाजुभाइले संयूक्त लगानीमा गाउमानै व्यवसायिक रुपमा बाख्रा तथा भैसी पालन गर्ने उदेश्यले मैया देवि कृषि फर्म नामक फर्म दर्ता गरी ब्यावसाय संचालनमा ल्याएका छन् । विगत ५ बर्ष बैदेशिक रोजगार कोरियाको बसाइ पछि अहिले स्वदेश फर्केका ३ दाजुभाइहरुले गाउमानै आफ्नै पुर्ख्यौली पेशा पशु-पालनलाइ निरन्तरता दिइ व्यवसाय संचालन गर्दै आएका छन । सूरुवाती समयमा २० लाखको लागानीबाट संचालन गरेको मैया देवि कृषि फर्ममा १० वटा भैसी रहेका थिए , पछि त्यसलाइ विस्तार गरेर अहिले ८० लाखको लगानीमा ४० वटा माउ र ४० वटा पाडपाडी गरि ८० वटा रहेका छन । जसमा २२ वटा भैसीले अहिले दुध प्रदान गरिरहेका छन । जसबाट १३५ लिटर दुध प्राप्त भएको छ ।उक्त दुधलाइ वजारीकरण गर्न कावासोती कुमावार्ती रोडमा डेरी समेत संचलान गरेका छन । भैसीबाट प्राप्त १३५ लिटर दुधलाइ बजारमा प्रति लिटर ९० रुपैयाका दरले विक्री भइरहेको फर्मका संचालका लोक प्रसाद सापकोटाले बताउनु भएको छ । भैसी व्यवसायबाट सफलता प्राप्त गरे संगै बाख्रा पालन पनि सुरु गरेको फर्मका संचालक सापकोटाले बताउनु भएको छ । अहिले फर्ममा जम्माजम्मी गरेर ३० वटा बाख्रा रहेका छन जसमा १० वटा पाठा १० वटा पाठी र १० वटा माउ रहेका छन । बाख्राले पनि राम्रो बजार दिएकाले आर्थिक लाभ राम्रो भइरहेको मा उनीहरु आफनो पेशा बाट खुसी भएका छन । महिनामा ५ देखी १० वटा सम्म बाख्रा तथा पाठापाठी बिक्री भइरहेको समेत सापकोटाले बताउनु भएको छ । अहिले भैसी तथा बाख्रालाइ घास र चरीचरान गर्नका लागि उनिहरुले आफनै २७ गठा जमिन प्रयोग गर्दै आएको अर्का संचालक खेमान्नद सापकोटाले बताउनु भएको छ । गाउठाउमा केही गर्ने सोचले विदेशबाट फर्किएका उनीहरुले अहिले मासिक रुपमा १ लाख ५० हजार सम्म मनग्य आम्दानी गरिरहेका छन । विदेशी भुमिमा जति दुख जति गरे पनि त्यस्को कुनै मुल्याड.कन भएन तर गाउठाउमा आफनो परिश्रमको तारिफ अरुले गरेको सुन्दा आफनो मनमा छुटै किसमिको आनन्द हुने गरेको अर्का संचालक चन्द्र सापकोटाले बताउनु भएको छ । व्यवसायिक रुपमा पशुपालन गर्दै आएका उनीहरुले यस क्षेत्रका केही व्यक्तिलाइ रोजगारी समेत प्रदान गरेका छन । पशुपालन व्यवसायबाट अति सन्तुष्ट भएका ३ दाजुभाइ पानीबाट भने सन्तुष्ट देखिएका छैनन्। उनीहरुले यो व्यवसाय संगै कृषि व्यवसायलाइ पनी विस्तार गर्ने योजना बनाएका थिए तर पानिको महगीले गर्दा उक्त व्यवसाय संचालन गर्न नसकेको उनीहरु बताउछन । बोरिड.को पानी भए सिंचाइ,बेमौसमी खेती गर्न सहज हुन्थ्यो तर पानीकै कारणले गर्दा सम्भव हुन नसकेको उनीहरुले बताएका छन। अहिले उनीहरुले मिटरबाट पानी उपल्बध गरिरहेका छन जसले सिंचाइ तथा बेमौसमी खेती गर्दा लागत रकम बढि लाग्ने हुदा उक्त व्यवसाय संचालन गर्न नसकेको उनीहरुले बताएका छन । हामी त यस क्षेत्रका प्रतिनिधि पात्र मात्र हौ यो समस्या हामीलाइ मात्र नभइ यस क्षेत्रका अन्य कृषि व्यवसाय संचालन गर्ने सोच भएका व्यक्तिलाइ समेत यसले प्रभाव पारेको छ । नगरपालिकाले अन्य कुरामा सहयोग नगरेता पनि पानीको समस्यालाइ सहज बनाइदिए थप कार्य गर्न प्रेरणा मिल्ने मैयादेवी कृषि फर्मका संचालक लोक प्रसाद सापकोटाले बताउनु भएको छ ।
पशुपालनमा कावासोतिका युवाहरुको आकर्षण