सर्मिला चापगाईं ,कावासोती , ८ फागुन । निर्वाचन आचार संहितालाई पूर्ण रुपमा पालना गर्ने काम राजनैतिक दलहरुबाट नै हुनुपर्ने एक कार्यक्रममा सहधागि वक्ताहरुले जोड दिएका छन् । नवलपरासी पूर्व ( नवलपुर ) को कावासोतीमा ५ औँ निर्वाचन दिवस २०७७ को अवसरमा शुक्रबार भएको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्र्तरक्रियामा बोल्ने वक्ताहरुले राजनैतिक दलहरुले नै बढि निर्वाचन आचार संहिता उल्लङघन गर्ने गरेकाले पालना गर्ने जिम्मेवारी सर्वप्रथम उनीहरुकै हुनेपर्ने बताएका हुन् । निर्वाचन आचार संहिताले तोकेभन्दा बढि खर्च गर्ने , प्रचार प्रसारका सामाग्री तयार गर्ने , मतदाता किनबेच गर्ने जस्ता कृयाकलाप राजनैतिक दलबाट हुने गरेको पाएकाले यस परिपाटीको सदाका लागि अन्त्य गर्न निर्वाचन आयोगले तदारुकता देखाउनुपर्ने उनीहरुले माग समेत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वको आयोजनामा भएको कार्यक्रममा बोल्दै बिनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत ज्योतीराज अर्यालले मतदान अधिकृतको जिम्मेवारी धेरै हुने तर उचित प्रशिक्षण र सेवा सुविधा राज्यले नदिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – ‘मैले निर्वानका वेला भोगेको अनुभवका आधारमा यो भन्न चाहान्छु । एक जना मतदान अधिकृतले तोकेका सबै काम गर्न गाह्रो छ । मतदान अधिकृतलाई सहयोग गर्ने अर्को पनि चाहिन्छ । ’ उहाँले थप्नुभयो । ‘दुई – दुई घण्टामा आयोगलाई विवरण बुझाउनुप¥यो । सबैमा सहि गर्नुपर्यो , पर्यवेक्षक , पत्रकार सबैको जवाफ पनि दिनुप¥यो । कता कता भ्याउने हो ? त्यसैले कम्तीमा दुई जना हुुनपर्छ । ’ अर्यालले मतपेटिका गण्ना स्थलमा पुगिसक्दा पनि मतदान अधिकृत साधन अभावमा मतदान स्थलमै रहिरहनुपर्ने अवस्था विगतका निर्वाचनबाट भोगेको भन्दै सहि ढैगको तालिम र आवश्यक सेवा सुविधा राज्यले दिनुपर्ने सुझाव पेश गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , जिल्ला समन्वय समितीका प्रमुख चेसराम आले , प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , स्थानीय तहका जनप्रतिनिधी , पत्रकार लगायतले बोल्दै सर्वप्रथम मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका थिए । निर्वाचनको समयमा हुने प्रचारप्रसारमा हुने राजनितिक दलको अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्ने , पछिल्लो समय सामाजिक सन्जालको बढदो् प्रयोगले कुनै एकको बिचार अन्यलाई समेत ट्याग गरी समाजिक सन्जालमा पोष्ट गर्ने कार्य धेरै भेटिएकाले त्यसतर्फ पनी ध्यान पु¥याउनुपर्ने , निर्वाचनका वेला समाचार संकलनमा खटिएका पत्रकार माथी हुने अभ्रद व्यवहार रोक्नुपर्ने , अचार संहित उल्लङघन भए नभएको सहि तरिकाले अुनगमन हुनुपर्ने लगायतका सुझाव पेश गरिएको छ । कार्यक्रममा निर्वाचन आचारसंहिता के हो ? , निर्वाचन आचारसंहिता किन ? छलफलको क्रममा रहेको निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा रहेका मुख्य मुख्य बिषयहरु , जुलुस , आमसभा , कोणसभा ¥याली , बैठक एव्म भेला गर्दा पालना गर्नुपर्ने आचरण , सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण , सञ्चार माध्यमको प्रयोग गर्दा गर्नुपर्ने आचरण , निर्वाचन खर्च सम्वन्धि आचरण , मौन अवधिमा पालना गर्नुपर्ने आचरण , मतदान प्रतिनिधिले पालना गर्नुपर्ने आचरण लगायतका बिषयमा जिल्ला निर्वाचनका चुडाबिक्रम शाहीले जानकारी गराउनुभएको थियो । स्वच्छ , स्वतन्त्र, निश्पक्ष , विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई मताधिकारको निर्वाध उपभोग गर्ने अवसर प्रदान गरी लोकतन्त्रको सुदढीकरण र शुसासन प्रवद्धनमा योगदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनाथ शर्माले बताउनुभयो ।
निर्वाचन आचार संहिता पालनामा जोड