नवलपुर। आज बिहान नवलपुरबाट काठमाडौं लागि छुटेकाे माईक्रबस धादिङकाे चराैदिमा राेकिराखेकाे ट्रकसग ठाेक्किदा २ जनाकाे मृत्यु भएको छ। रजहरबाट यात्रु बोकेर जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार नजिकै रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रक मुनि छिरेको थियो। दुर्घटनामा परि थप पाचँ जना घाईते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलि नगरपालिका निवासी ५० बर्षिय हिरा गुरूङ र साेहि नगरपालिका बस्ने ६० बर्षिय धन कुमारी केसि रहेकाे धादिङ प्रहरी प्रमुख लाेकनाथ तिमल्सिनाले जानकारी दिएका छन । घाईते भएका ५ जनाकाे चितवन हस्पिटल उपचार भैरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारणबारे समेत थप अनुसन्धान अघि बढाएको तिमिल्सिनाले जानकारी दिएका छन।
सडक दुर्घटनामा नवलपुरका दुई जनाको मृत्यु ,पाँच घाइते