नवलपुर,२४ माघ । पूर्वी नवलपरासीको दुम्किबास र अरुणखोलाबाट प्रहरीले लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । बिनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा भएको प्रहरी चेकजाँचका क्रममा ५ जना र मध्यबिन्दु नगरपालिका १० अरुणखोलामा आज विहान गरिएको चेकजाँचका क्रममा दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका ४ निवासी २५ वर्षीय शम्शेर घर्तीमगर, कास्कीको पोखरा महानगरपालिका १० का २३वर्षीय विजय चौधरी, चितवनको भरतपुर नगरापलिका घर भएका २४ वर्षीय दीपेश विक,, भरतपुरकै १६ वर्षीय सर्वदित बस्नेत,, भरतपुरकै ३३ वर्षीय सिंहराज लामा र रुपन्देहीको उद्योगपुरी नगरपालिका ४ गल्लामण्डी घर भएका १८ वर्षीइ विसु गुरुङर सोही ठाउँकै १८ वर्षका शिवशंकर कहार छन् । उनीहरुको साथबाट प्रहरीले डाइजापाम, फेनरागन, नुफिन बरामद गरिएको छ ।
नवलपुरमा लागुऔषध सहित ७ जना पक्राउ