भैरहवा । प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली गौराचोक स्थायी घर भएका कर्ण बहादुरको जीवन सहित १० बर्षकी छोरी पनि छन् । स्थानिय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान घरबाट स्थानीय बहाने बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोला स्थित लम्पुक भीरमा हिड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भाचिएको हो ।
यसरी ३० गते पहिरोमा परि दुई वटै खुट्टा भाचिएर अप्रेशन गर्न आर्थिक अभावका कारण भैरहवा मेडिकल कलेजमा छटपटाई रहेका जिवन पुनलाई "स्वार्थ भन्दा माथी सेवा" भन्ने मुल नारालाई आत्मसात गर्दै आएको र यस भैरहवामा अवस्थित विभिन्न सामाजिक क्षेत्र तथा मानवीय क्षेत्रमा सक्रिय संस्थाको रुपमा स्थापित रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा उपचार सहयोग स्वरुप रु. १५००० जीवन पुनका बुवा कर्णबहादुर पुनलाई हस्तान्तरण गरेको छ ।
वर्ष २०२०/२१ क्लबका अध्यक्ष रो. बाबुराम खनालले हाम्रो एउटा सानो सहयोगले कसैको जीवन बाँच्छ भने हामी त्यो कुराबाट पछाडि नहट्ने कुरा बताउँदै, हामीबाट हुन सक्ने सहयोग पुर्ण हुनेछ भन्दै अपुग रकमको लागि पनि विभिन्न समाजसेवी तथा सामाजिक संस्थाहरुसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।