बिग बस १० का प्रतियोगी स्वामी ओमको निधन भएको छ । स्वामी ओम पछिल्ला केही दिनदेखि बिरामी थिए । बुधबार ३ फेब्रुअरीमा उनको निधन भएको हो । करिब दुई महिना अघि उनी कोरोना पोजेटिभ भएका थिए, तत्पश्चात् उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । ठिक भएपछि उनी अस्पतालबाट डिस्चार्ज पनि भएका थिए तर शारीरिक कमजोरी र केही रोगका कारण बुधबार उनको निधन भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।
स्वामी ओम दिल्लीको अंकुर विहार रोहिणी इलाकामा बस्दथे । उनको आजै अन्तिम संस्कार गरिएको छ ।